२३/२५७ बुथ पेम्बुङ शाखाबाट ३५ परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा छोडेर इन्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको समाचार सरासर झुटो भएको भागोप्रमो पेम्बुङ शाखा सभापति अरुण छेत्री अनि सचिव प्रभात राईले दावि गरेका छन्। नेताद्वय अनुसार भागोप्रमोबाट खाली ४ परिवार गएका हुन्, रहेका ३१ परिवार पनि भागोप्रमोका नभएको बताइएको छ।
