कालेबुङ ब्लक 1 को C.A.D.P.S.C.S. लिमिटेड, कालेबुङको ३३औँ वार्षिक साधारणसभा आज जय हिन्द भवनमा सम्पन्न भएको छ। यसबारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष अर्पण गुरुङ र संचालक मण्डलका सदस्य पप्पु विश्वकर्माले जानकारी गराए। यस संस्थाका सदस्यहरूले कालेबुङ ब्लक १ का विभिन्न स्थानहरूमा सक्रिय रूपमा सहभागिता जनाउँदै आएको बताए। सभाले सहकारी आन्दोलनलाई अझ सबल बनाउन तथा सदस्यहरूको सहभागिता आगामी दिनमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।