खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीको चिलाउनेधुरामा अवस्थित तीन कन्या देवी मन्दिरमा तीन दिवसीय पूजा आरम्भ भएको छ। आज प्रथम दिन मन्दिरमा दीप, कलशको पूजा अर्चना गरेपछि एउटा कलश यात्रा निक्लियो। मन्दिर परिसरबाट निकालिएको उक्त कलश यात्राले ग्राम वरिपरी परिभ्रमण गरेपछि उक्त कलशलाई पूजा स्थल मन्दिरमा ल्याएर स्थापित गरियो औ विविध पूजा अर्चना गरियो। यस तीन दिवसीय पूजा अनुष्ठानबारे मन्दिर सञ्चालन समितिको पक्षबाट राजु प्रधान अनि पण्डित राजेश शर्माले विस्तृत जानकारी गराएका छन्।
