1,116 new teacher posts to be created in GTA region

जीटीए क्षेत्रमा 1,116 नयाँ शिक्षक पद सृजना हुने

Share this news

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थ शिक्षा क्षेत्रको सुदृढीकरणका लागि क्षेत्रको सरकारी पाठशालाहरुमा 1,116 नयाँ शिक्षक पदमा भर्ना खुलिने जीटीए प्रमुख अनित थापाले बताएका छन्। यसको लागि प्रशासनिक कार्य चलिरहेको उनले सबैलाई अवगत गराए। सृजना गरिएका यी नयाँ शिक्षक पदहरूबाट दार्जीलिङ्ग र कालिम्पोङ जिल्लाका सरकारी विद्यालयहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने प्रयास अब कार्यमा देखा पर्ने थापाले विश्वास व्यक्त गरेका छन्।
पश्चिम बंगाल सरकारको विद्यालय शिक्षा विभागले दार्जीलिङ र कालिम्पोङ जिल्लाको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत रहेका नयाँ स्थापना भएका जुनियर उच्च विद्यालय, स्तरोन्नत उच्च विद्यालय र उच्च माध्यमिक विद्यालयका लागि 1,116 नयाँ शिक्षक पद सृजना तथा स्वीकृतिका लागि प्रस्ताव पेश गरेको थापाले बताएका छन्।
विद्यालय शिक्षा विभागले जिल्लाका विद्यालय निरीक्षक (एस.ई.) हरूलाई पठाएको आधिकारिक ज्ञापनअनुसार जीटीए-का मुख्य सचिवद्वारा पेश गरिएको सिफारिसलाई विभागीय स्तरमा परीक्षण गरिएको छ। आवश्यकीय तथ्यांक र विवरण संकलन गर्न गृह तथा पहाडी मामिला विभागले स्पष्ट जानकारी मागिसकेको छ। सबै सम्बन्धित विद्यालयहरूबाट माग गरिएको विवरण एक्सेल फाइलमा शीघ्र पठाउन निर्देशन दिइएको छ।
प्रस्तावित शिक्षक पदहरू नयाँ हो कि पहिले नै स्वीकृत भइसकेका खाली पदहरू हुन्, भन्ने विवरण छुट्टै बुझाउनसमेत निर्देशन दिइएको छ। यसैसँग, विभागले भनेको छ कि सम्बन्धित सम्पूर्ण तथ्यांक समयमै संकलन गरी प्रतिवेदन पेश गर्नुपर्ने बताएका छन्।
कर्म नै आफुहरूको सिद्धान्त भएको कुरालाई ध्यानमा राखी पहाड निर्माण गर्न सुरु गरेका पहलहरु आज बिस्तारै फलप्रद भएर देखा पर्दै गएको अनित थापाले बताएका छन्।


Share this news
आजको रोजाइ
एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

आजको रोजाइ