सिमलबारी गाड़ी दुर्घटनामा पाँच घाइते

Share this news

खरसाङ, (मोहन प्रसाद): दार्जीलिङ देखि सिलगढ़ी तर्फ गइरहेको एउटा यात्री वाहन खरसाङ महकुमा अन्तर्गत सिमलबारी चियाबारी नजिक खोप्रेल मोड़मा दुघर्टना हुँदा वाहनमा सवार सबै पाँच यात्री घाइते बनेका छन्‌‍। गाड़ीधुरा पुलिस आउट पोस्ट मार्फत प्राप्त भएको जानकारी अनुसार, उक्त वाहन दार्जीलिङबाट सिलगढ़ी तर्फ गइरहेको थियो। द्रुत गतिमा कुदिरहेको गाड़ीको सम्भवत ब्रेल फेल भएर दुघर्टना भएको हो। गाड़ी सड़क छोड़ेर सडक किनारको खाल्डामा पल्टियो। वाहन दुघर्टना हुन साथ क्षेत्रमा तैनात पुलिस कर्मी, सेनाका जवान अनि यो सड़मा आउ-जाउ गरिरहेका गाड़ीका चालकहरू साथै मानिसहरूको सहयोगमा सबै पाँच घाइते यात्रीलाई सुकना हेल्थ सेन्टरमा पठाइएयो। घाइते यात्रीहरू मध्ये कतिपय यात्रीहरू आसामका पनि रहेको गाड़ीधुरा पुलिस आउट पोस्टबाट जानकारी पाइएको छ। उक्त दुर्घटना एउटा अघि जान खोज्ने वाहनलाई पास दिने क्रममा ब्रेक फेल भएर नियन्त्रण हराएपछि भएको पनि कतिपयले बताएका छन्‌‍। दुर्घटना घटेको समय खरसाङ तर्फ आइरहेका जीटीएको सूचना एवं संस्कृति विभागका कार्यकारी सभासद अनोश थापाले दुर्घटना देखेपछि गाड़ी रोकेर घाइतेहरूलाई सहयोग पुऱ्याएका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान