खरसाङ, (निसं): दिलारामको सन्तजेभिर्यस उच्चतर माध्यमिक विद्यालय भवनमा पूर्व घोषित कार्यक्रम अनुसार शनिवार भूतपूर्व विद्यार्थीहरूको एक सभा दिपक देवानको सभापतित्वमा विद्यालय भवनमा सम्पन्न भयो। आगमी 7 सेप्टेम्बर 2025 को दिन सन्तजेभिर्यस उच्चतर माध्यमिक विद्यालयको स्थापना दिवस भव्यताका साथ पालन गर्ने भएको हुनाले भूतपूर्व विद्यार्थीहरूले उक्त दिन पूर्ण उपस्थिति दिएर सहयोग पुर्य़ाउने सभामा वक्ताहरुले बताए। भूतपूर्व विद्यार्थीहरूको संगठन पूर्ण गठन नभएसम्म संंयोजकको पदमा पूर्व विद्यार्थी ललित राईलाई सर्व सम्मतिले चयन गरियो भने प्रत्येक वर्षका विद्यार्थीहरूमा एक जना गरेर सहसंयोजकको रुपमा चयन गरिको छ। संगठन पूर्ण गठनको निम्ति आगमी 24 अगस्त शनिवार सभा आयोजना गरिने सभाले निर्णय लिइयो। सभालाई विशेष विद्यालय अध्यापक अनिल शर्मा, दिपेश तामाङ, रोशन हाङ्ग सुब्बा, प्रदीप लामा, सारदा गुरूङ, रिता राई, दावा भोटिया लगायत अन्यहरूले सम्बोधन गरेका थिए भने सभाको सञ्चालन बसन्त कुलुङ राई अनि दिपेश देवानले गरेका थिए।
