भानु भक्तले विद्यालाई बुझेका थिएः फादर केवीन

Share this news

खरसाङ, 24 जुलाई (निसं)ः खरसाङ्को सन्त अल्फन्सस उच्चत्तर माधमिक विद्यालयमा वार्षिक अन्तर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ। यस टुर्नामेन्टमा वेञ्जामिन (ग्रीन) हाउस, ब्रिटु (ब्लू) हाउस, वेरी (यल्लो) हाउस, मेकी (रेड) हाउसका विद्यार्थीहरूलाई ए, बी, सी गरेर तीन वर्गममा विभाजित गरेर प्रतियोगिता सम्पन्न गरिएको थियो। ए वर्गमा 9 देखि 12 कक्षाका विद्यार्थीहरू, बी वर्गमा 7 र 8 कक्षाका विद्यार्थीहरू अनि सी वर्गमा 5 र 6 कक्षाका विद्यार्थीहरू रहेका थिए। प्रतियोगिताको समन्वयक शिक्षक एन्थोनी जोहन अनि फूर्बा शेर्पा रहेका थिए। यस प्रतियोगितामा ए वर्गमा रेड हाउस अनि यल्लो हाउस फाइनलमा पुगेका थिए भने यल्लो हाउसले रेड हाउसलाई शुन्यको विरुद्ध 3 गोलले जित्यो। बी वर्गममा यल्लो हाउस र ब्लू हाउस फाइनलमा पुगेका थिए, ब्लू हाउसले यल्लो हाउसलाई शुन्यको विरुद्ध 2 गोलले जित्यो। सी वर्गमा ग्रीन हाउस अनि रेड हाउस फाइनलमा पुगेका थिए, ग्रीन हाउसले रेड हाउसलाई शुन्यको विरुद्ध 2 गोलले जित्यो। विजेता टीमहरूलाई ट्रफी अनि प्रमाण पत्र विद्यालयका प्रधान अध्यापक केवीन मोक्तान अनि अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। विद्यालयमा बुधवार भानु जयन्ती पनि पालन गरियो। विद्यालयका शिक्षक माणिक गोलेको तत्वावधानमा सम्पन्न भएको भानु जयन्तीको कार्यक्रममा विद्यालयका प्रधान अध्यापक केवीन मोक्तान, शिक्षक-शिक्षिकाहरूको बाहुलीबाट भानुभक्तको तस्वीरमा धुप-दीप प्रज्जवलन गरी माल्यार्पण गरिएको थियो। यस कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले कविता पाठ, निबन्ध पाठ, रामायण पाठ, भक्तमाला पाठ गरेका थिए भने विद्यार्थीहरूद्वारा नेपाली गीत अनि नृत्य पनि प्रस्तुत गरिएको थियो। वाङ्छेन तामाङ अनि सुजल शर्माले सञ्चालन गरेका यस कार्यक्रममा आफ्नो वक्तव्य राख्दै विद्यालयका प्रधान अध्यापक फादर केवीन मोक्तानले भानु भक्तले विद्यालाई बुझेका थिए भनी बताउदै विद्यालाई प्राथमिकता दिएर विद्यार्थीहरू अघि बढ़न पर्छ। विद्यार्जन नै वर्तमानमा सबै भन्दा ठूलो सम्पत्ति आर्जन हो। विद्यार्जन गरेकाहरू नै योग्य र सक्षम हुन्छन्‌‍ भन्दै विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गरे।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान