सद्भावना सोशल वेलफेयर सोसाइटीका सदस्यहरूद्वारा सफाई कार्यक्रम

Share this news

खरसाङ, 19 जुलाई (निसं): खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 मा रहेको सद्भावना सोशल वेलफेयर सोसाइटीका सदस्यहरूले सफाई कार्यक्रम सम्पन्न गरेका छन्‌‍। यस कार्यमा सदस्यहरूले समाज घर वरिपरिको क्षेत्र सफाई गरेका छन्‌‍ भने सफाईपछि ब्लिचिङ पाउडर छर्किने कार्य पनि गरेका छन्‌‍। वर्षाको मौसम रहे तापनि समाज घर अनि क्षेत्रलाई स्वच्छ र सुन्दर राख्नको निम्ति सदस्यहरूले समिति भवन (समाज घर) मा रंग लगाउने कार्य पनि गरेका छन्‌‍। प्राप्त जानकारी अनुसार सद्भावना सोशल वेलफेयर सोसाइटीले विगत धेरै वर्षदेखि खरसाङ्मा समाजिक कार्य गर्दै आईरहेको छ। सङ्घका सचिव दिनेश लामाले जानकारी गराउदै भने, पचास घर मिलेर बनेको सद्भावना सोशल वेलफेयर सोसाइटी अथवा सद्भावना सङ्घ एउटा समाज मात्र नभएर समाज प्रतिको जिम्मेवारी के हो र समाज प्रतिको कर्तव्य बोध गराउने एउटा संस्था हो। वर्तमानमा खरसाङ्मा धेरै समाजहरू निष्क्रिय अवस्थामा रहेका छन्‌‍, कतिपय समाज मरौ र बिहेमा सराउ लेख्नुमा मात्र सिमित छन्‌‍। यस्ता समाज र समाजका नागरिकहरूलाई जगाउने एउटा संस्था हो सद्भावना सोशल वेलफेयर सोसाइटी। हामी प्रत्येक वर्ष विभिन्न प्रकारको समाजिक कार्य गर्दै आइरहेका छैाँ। शिक्षाको लागि नानीहरूलाई प्रोत्साहन प्रदान गर्नु, जनसाधरणको लागि निःशुल्क स्वास्थ जाँच शिविरको आयोजना गर्नु, पर्यावरण बचाउनको निम्ति वृक्षारोपण कार्यक्रम आयोजना गर्नु, स्वनिर्भर बन्नलाई सचेतना मूलक कार्यक्रमहरूको आयोजना गर्नु सद्भावना सोशल वेलफेयर सोसाइटीको कार्य सूचीमा पर्छ। हामी कुनै विभागमा मात्रै भर परेर कार्यक्रम गर्दैनौँ, हामी आफै आफ्नो संस्थाको कोषबाट प्रायः सबै कार्य गर्ने गर्छौँ। दिनेश लामाले बताए अनुसार शनिवारको कार्यक्रममा खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पाले पनि सहभागिता जनाएका थिए। समाज भवनमा रंग लगाउनको निम्ति सभासद श्याम शेर्पाले रंग उपलब्ध गराएका थिए। यसको निम्ति दिनेश लामाले सभासद्लाई धन्यवाद पनि दिएका छन्‌‍। शनिवारको कार्यक्रममा सहभागिता जनाउने सदस्यहरूलाई पनि दिनेश लामाले धन्यवाद दिएका छन्‌‍। तिनले आगामी दिनमा पनि सोसिइटीका सदस्यहरूले मिलेर विभिन्न सामाजिक कार्यहरू गर्ने जानकारी गराउँदै सामाजिक कार्यहरू आयोजना गर्दा सभासद्को सहयोगको अपेक्ष राखेका छन्‌‍।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान