ीनधारे, (निसं): खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायत कार्यालयमा द्वारे सरकारको क्याम्पसितै पश्चिम बंगाल सरकारको हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रमको पनि आयोजना गरिएको छ। महानदी ग्राम पञ्चायतको घुम्ती चियाबारीको दुईवटा बुथहरु र महानदी बजार र 63 लाइन बुथहरुलाई लिएर द्वारे सरकारको क्याम्पसितै हाम्रो गाउँ, हाम्रो समाधान अन्तर्गत विभिन्न गाउँहरुका मानिसहरुलाई लिएर सभा पनि सम्पन्न भएको छ। यस अवसरमा तीनैवटा बुथहरुका स्थानीय जनसाधारणको बुनियादी समस्याहरु विषयमा जानकारी लिएर समाधान गर्न कोशिष गरिएको र तीनवटै बुथका विभिन्न गाउँहरुमा भएको समस्याहरुलाई लिएर कार्य गरिने जानकारी प्राप्त भएको छ। यस हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत आयोजित सभामा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, एनसीआर महेन्द्र छेत्री, विभिन्न विभागका पदाधिकारीहरु र महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, पञ्चायत सदस्यहरु, पञ्चायत सचिव पेञ्छेन लमु तामाङ लगायत महानदी ग्राम पञ्चायतको टिम उपस्थित रहेको जानकारी प्राप्त भएको छ। यस हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत एउटा बुथलाई विकासको लागि सरकारको तर्फबाट 10 लाख रुपियाँ प्रदान गरिने जानकारी प्राप्त भएको छ। यस द्वारे सरकार क्याम्प र हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत महानदी ग्राम पञ्चायतको घुम्ती चियाबारी क्षेत्रका मानिसहरु उपस्थित रहेका थिए।
