खरसाङमा भागोप्रमोद्वारा शहीद दिवस समारोह साथै रक्तदान शिविरको आयोजना गर्ने गरिने

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तत्वावधानमा यसपाली पनि खरसाङ्मा शहीद दिवस समारोह सम्पन्न हुने भएको छ। शहीद दिवस गत वर्ष झैं यसपाली पनि युवा शक्ति खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको आयोजनामा सम्पन्न हुने भएको छ। यस विषयमा आज खरसाङ्मा पत्रकारहरुलाई सम्बोधन गर्दै युवा शक्ति खरसाङ महकुमा समितिको सभापति एवं शहीद दिवस समारोह समितिका संयोजक प्रेमेन्द्र गुरूङ अनि युवा शक्ति खरसाङ टाउन कमिटीका सभापति बन्धन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। दुवैले जानकारी गराए अनुसार यसपाली पनि खरसाङ्को इगल क्य्रागमा रहेको शहीद वेदीमा बिहान श्रध्दाञ्जली कार्यक्रम हुने र त्यसपछि खरसाङ्को नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ। यसको साथै खरसाङ्मा युवा शक्तिको तर्फबाट गत वर्ष झैं यसपाली पनि शहीद दिवसको दिन नै रक्तदान शिविरको आयोजना गरिने छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान