भक्टोरियाका विद्यार्थीहरूको सहभागितामा वन महोत्सव

Share this news

खरसाङ, 19 जुलाई (निसं): खरसाङको भिक्टोरिया बोईज स्कूलका विद्यार्थीहरूको सहभागितामा वन महोत्सव पालन गरिएको छ। खरसाङ डिभिजनको खरसाङ रेञ्ज अन्तर्गत डाउहिलमा आयोजना गरिएको यो कार्यक्रममा भिक्टोरिया बोईज स्कूलका विद्यार्थीहरूले वृक्ष रोपण गरे, जंगलमा रहेका विभिन्न फोहोर-मैलाहरूको सफाई गरे, विद्यार्थीहरूले जंगलमा रहेका वृक्षहरूलाई अङ्गालो हाल्दै वृक्ष अथवा प्रकृकिसित प्रेमको भाव प्रकट गरे अनि जंगलमा रहेका बहुमूल्य पौधाहरूको बारेमा जानकारी प्राप्त गरे। कार्यक्रममा सहभागी विद्यार्थीहरूले डाउहिल फरेष्ट म्युजियमको पनि भ्रमण गरे अनि त्यहाँ विविध वन्य जीव-जन्तु, वन्य सम्पदा विषयमा ज्ञान प्राप्त गरे। कार्यक्रममा विद्यालयका प्रधान अध्यापक मलय साहा, खरसाङ महकुमा शासक विन्दावासी तेजा दिपक, डीएफओ देवेस पाण्डे, वन विभागका अधिकारीहरू अनि अन्यन्या विशिष्ट व्यक्तिहरू उपस्थित थिए। विद्यालय पक्षले दिएको जानकारी अनुसार 19 जुलाईको दिन विद्यालयमा उपस्थित रहेका भारतको राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीसित विद्यार्थीहरूले भेट गरेर तिनीसित अन्तरक्रिया पनि गरे। छेत्रीलाई विद्यालयको पक्षबाट सम्मान जनाइएको थियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान