बौद्ध धर्मगुरू अवतारी कृति रिम्पोर्छेको 3 अवतारी तेन्पा राबगेको मूर्ति स्थापना

Share this news

अष्टमी पुजाको अवसारमा आर्य तारा गुम्बा सिमाना अनि सम्पूर्ण गाउँवासीको आयोजनामा सिमाना बजारमा अष्टमी पुजा, ११औं बौद्ध धर्मगुरू अवतारी कृति रिम्पोर्छेको तीन अवतारी तेन्पा राबगेको मूर्ति अनि काङग्युर पोस्तक परिक्रमा गरियो। बौद्ध धर्म गुरु, लामाहरु साथै सिमाना, सुके संगलग्न क्षेत्रका बौद्ध धर्मावलम्बी, स्थाननीय नागरिकहरूको व्यापक उपस्थिति र धर्म गुरुहरुको अगुवाइमा सिमाना बजार पोस्तक परिक्रमा सगै आर्य तारा गुम्बामा विधिवत पुजा अर्चना समपन्न गरियो। सुके कृति टाशी छौलिङ गुम्बाबाट प्रदान गरिएको तेन्पा राबगेको मूर्ति सुकेपोखरी बजार अनि सिमाना बजारमा परिक्रमा गरे पश्चात सिमाना तारा मन्दिरमा विधिवत पुजा पाठ गरेर स्थापनापश्चात वाङ वितरण गरियो। कार्यक्रममा जौरबंडलो सुकेपोखरी पन्चायत समिति सभापति सोना डोमा वाडदी डुक्पा, खण्ड बिकास अधिकारी आर्ध गुह, पन्चायत समिति कर्माअध्यक्ष निमा भोटिया, सुकेपोखरी ट्राफिक इनचार्ज पेम्बा भोटिया, पशुपति पुलिस आउट पोस्ट अधिकारी फुर्बा तामाड, सुकेपोखरी थाना एसआई स्मिता राई, एस एस बी सिमाना बिओपीका अधिकारी लगायत अन्यको अपस्थितिमा कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको आयोजक समितिले सम्पन्न पुजा पाठमा सहयोग पुराउने महानुभाव, विभागीय अधिकारी अनि सहभागी भक्तजन, स्वंयसेवक सबैलाई धन्यवाद ज्ञापन गरेको लाक्पा छिरिङ शेर्पाले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान