Police checkpost inaugurated at the sand quarry

बालुवा खानीमा पुलिस चेकपोष्टको उद्घाटन

Share this news

कम्पोजः शुक्रमणि रसाइली
अलगढा, 30मई (निसं)ः लाभा पञ्चायत समितिद्वारा बलुवा खानीमा पुलिस चेकपोस्टको एकक कार्यक्रमबीच उद्घाटन गरियो। कार्यक्रममा लाभा पञ्चायत समितिका सभापति साङ्गे छोयेम भोटिया, लाभा खण्ड विकास अधिकारी भारती सी बराइक, लाभा थाना प्रभारी मनिषा लामा, पञ्चायत समिति सदस्य बबिता छेत्री, सन्तुक ग्राम पञ्चायतका प्रधान सुमित छेत्री, ट्राफिक प्रभारी लाक्पा डेन्जोङ्पा, इएसआइ सञ्जय छेत्री, खण्ड विकास कार्यालयका अभियन्ता सोनाम लामाआदिको विशेष उपस्थिति रहेको थियो। लाभा पञ्चायत समितिद्वारा पन्ध्रौँ वित्त आयोग मार्फत उक्त पुलिस चेकपोस्ट निर्माण गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूको बाहुलीबाट उक्त नव निर्मित पुलिस चेकपोस्टको रिबन काटेर विधिवत रूपमा उद्घाटन गरियो। राष्ट्रिय राजमार्ग 717 ए हाइवेसित जोड़िएको यस मार्गमा कतिपय समयहरूमा उत्पन्न हुने गरेको ट्राफिक समस्यालाई ध्यानमा राख्दै साथै कानुन व्यवस्थालाई पनि मध्यनजर राखेर उक्त पुलिस चेकपोस्ट सञ्चालन गरिएको पनि जनाइएको छ। यस मार्गलाई राष्ट्रिय राजमार्ग 10 बन्द अथवा बाधित भएको समयमा यसै मार्गलाई नै वैकल्पिक मार्गको रूपमा प्रयोग गरिदै आइरहेको छ। स्मरण रहोस्, विगतका दिनहरूम पनि बलुवा खानीलाई त्यस समय फरेस्ट चेकपोस्ट रहेको थियो। यस ठाउँलाई पुनः आजदेखि पुलिस चेकपोस्टको रूपमा आरम्भ गरिएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान