नयाँ वर्षमा नयाँ फिल्म

Share this news

काठमाडौँ — फिल्म घोषणा हुँदै प्रदर्शन मिति तोक्नु नेपाली फिल्मको पछिल्लो परिचय नै बनिसक्यो । फिल्म बन्नुअगाडि नै प्रदर्शन तय गर्दा निर्माणमा हतारिने थुप्रै उदाहरण छन् । तर, नेपाली फिल्मकर्मीलाई हतारोको के पर्वाह ? उनीहरू प्रदर्शन मिति तोक्न तँछाडमछाड नै गरिरहेका हुन्छन् ।

रोचक कुरा त यसरी निर्माण घोषणा हुँदै प्रदर्शन तय भएका एउटै मितिमा २-३ फिल्म हलमा सो पाउनका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।

नयाँ वर्षको अवसरमा एक हुल फिल्मकर्मीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । कतिपयले प्रदर्शन मिति पनि तोकिसकेका छन् । निर्देशक अशोक शर्माको ‘डबल ट्रिपल’ फागुन १ मा प्रदर्शनमा आउने घोषणा भएको छ ।

निर्देशक उपेन्द्र सुब्बाले पनि ‘जारी २’को घोषणा गरेका छन् । राजबहादुर सानेको निर्देशनमा तयार ‘सिटामोल’ टिमले पनि फिल्मको प्रदर्शन मिति तय गरेको छ । यो फिल्म साउन २३ देखि प्रदर्शनमा आउने बताइएको छ ।

त्यस्तै, तुलसी घिमिरेको निर्देशनमा हालै छायांकन सकिएको ‘पहाड’ले पनि फिल्म प्रदर्शनका लागि कात्तिक ७ को मितिलाई पक्का गरेको छ । नयाँ वर्ष ०८२ कै अवसरमा ‌ओम प्रतिकले नयाँ फिल्म ‘ढुकढुकी’ बनाउने घोषणा गरेको हो । सुनिल निउरेले पनि ‘पुष्प लता’ बनाउने घोषणा गरेको हो । यम शेर्पाले पनि यही अवसरमा ‘मिरमिरे’ भन्ने शीर्षकको फिल्म घोषणा गर्दै ०८२ भित्रमा प्रदर्शन गर्ने योजना सार्वजनिक गरेको छ ।

अब यी फिल्महरू तोकिएको मिति र समयमै बनेर प्रदर्शनमा आउलान् या नआउलान् त्यो भने हेर्न बाँकी छ ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान