टाउन सार्वजनिक भवनमा दुईवटा शिविर सम्पन्न

Share this news

खरसाङ, (निसं)ः खरसाङ्को नयाँबजारस्थित टाउन सार्वजनिक भवनमा आइतवार दुईवटा शिवर सम्पन्न गरियो। यस भवनमा विगत 22 अगस्तदेखि चेन्नईको योगी रवीद्वारा सञ्चालित निःशुल्क रुद्राक्ष अकुप्रेस थेरापी शिविर अनि अर्को ब्रह्मा कुमारी ईश्वरीय विश्विद्यालय, खरसाङ अनि लायन्स क्लबको संयुक्त तत्वावधानमा अनि खरसाङ रोडक्रस सोसाइटी र महकुमा अस्पतालको सहयोगमा रक्तदान शिविर सम्पन्न भयो। रक्त दान गर्नुहोस, जीवन बचाउनुहोस्‌‍ भन्ने नाराको साथमा ब्रह्म कुमारीले यस सप्ताह भारत अनि नेपालमा रक्तदान शिविर अभियान चलाएको ब्रह्मा कुमारीका बीके सनीले बताएका छन्‌‍। सनीले बताए अनुसार भारत अनि नेपालमा तीन दिनमा 1 लाख यूनिट रगत संग्रह गर्ने उद्देश्यले यो अभियान चलाइएको हो। यो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा अभियानले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउनेछ। लायन्स क्लबका महासचिव आयुष गुप्ता बताए अनुसार आइतवारको रक्तदान शिविरमा मानिसहरूले जोशपुर्ण सहयोग दिएका छन्‌‍ अनि स्वेच्छाले रक्तदान गरेका छन्‌‍। आइतवारको शिविरमा 1 सय यूनिट भन्दा बढ़ी रगत संग्रह गर्ने हामीले लक्ष्य राखेका छौँ भनी गुप्ताले बताए। समाचार सङ्कलन गरुञ्जेललसम्म 80 यूनिट रगत संग्रह भइसकेको थियो। स्वास्थ्य सेवा जनमानससम्म पुऱ्याउने कार्य निरन्तर रहिरहने छ। हामीले अघि पनि यस प्रकारको शिविरको सफलता पूर्वक आयोजना गरिसकेका छौँ भने आज ब्रह्मकुमारीसित संयुक्त रुपमा यो शिविरको आयोजना गरेका हौँ, गुप्ताले भने। कार्यक्रममा खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधान, खरसाङ महकुमा अस्पताल परिवार कल्याण विभाग प्रभारी, विजय सिञ्चुरी, खरसाङ रेडक्रस सोसिइटीका डीके प्रधान, लायन्स क्लब खरसाङ अनि ब्रह्माकुमारीका प्रतिनिधिहरू उपस्थित रहेका थिए। टाउन सार्वजनिक भवनको भुइँतलामा 22 अगस्तदेखि नै रुद्राक्ष अकुप्रेसर थेरापी शिविर चलिरहेको छ, यो शिविर आइतवार पनि जारी रहेको थियो। शिविरका संयोजक दीप भाइले बताए अनुसार तीन दिनमा 4 सय भन्दा बढ़ी मानिसहरूले शिविरमा आएर रुद्राक्ष अकुप्रेसर थेपारीको लाभ उठाइसकेका छन्‌‍। तिनले बताए अनुसार नाड़ी परीक्षा र रुद्राक्ष अकुप्रेसरद्वारा उपचार मार्फत 95 प्रतिशत बिमारी निको भएका छन्‌‍ अथवा रोगीको अवस्थामा सुधार आएको छ। यस उपचारको निम्ति रोगीले 2 सत्रमा भाग लिनु पर्नेछ। शिविर पहिलो सत्र बिहान 10 बजे देखि 12 बजेसम्म अनि दोस्रो सत्र साँझ 3 बजेदेखि 5 बजेसम्म चल्ने छ। शिविर 30 अगस्तको दिन समापन हुनेछ। नयाँ बजारको टाउन सार्वजनिक भवनमा आइतवार यसरी दुईवटा शिविरको आयोजना भएकोले भवनमा मानिसहरूको चहल-पहलमा वृद्धि भएको थियो। शिविरमा मानिसहरू गाड़ीबाट पनि आएकाले नयाँ बजार रोडमा समय समयमा गाड़ीको चलाचलमा वृद्धि भएको थियो, जसको कारण गाड़ी जामको स्थिति पनि सृजना भयो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान