खरसाङ , (निसं)ः खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान प्रधान सहदेव तामाङले सिंगेल चियाबगान अन्तर्गत नयाँधुरा गाउँको सुबाला देवानको घर निजी कोषबाट बनाई दिने भएको छ। उक्त घरको निर्माणको लागि आज शिलान्यास पनि गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा, सन्त मेरिज दुई ग्राम पञ्चायतको पञ्चायत प्रधान सहदेव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। सिंगेल चियाबारीको नयाँ धुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधान सहदेव तामाङले आफ्नै निजी खर्चमा निर्माण गरिदिने भएको छ। यस विषयमा उनले सुबला देवानको घर निजी कोषबाट निर्माण गरिदिने वाचा गर्दै आज यसको लागि शिलान्यास गरिएको पनि बताएका छन्। उनले भने, स्थानीय पञ्चायत सदस्याले लगातार रुपमा आफुलाई एकजनाको घर जीर्णावस्थामा रहेको जानकारी गराएकी थिइन्। यसको आधारमा गएर निरीक्षण गर्दा घरको अवस्था निक्कै जीर्णावस्थामा रहेको देखेर आफ्नै निजी खर्चमा घर निर्माणको लागि शिलान्यास गरिएको जानकारी गराएका छन्। आफ्नो जीर्णावस्थामा रहेको घर निर्माण गरिदिने भएपछि आज शिलान्यास गरिएको र यसको लागि सुबला देवानले पञ्चायत प्रधान र सभासदलाई धन्यवाद दिएकी छन्। उनले आफ्नो जीर्णावस्थामा रहेको घर पञ्चायत प्रधानले बनाई दिएकोमा खुसी व्यक्त गर्दै बर्खामा सबै पानी चुहुने भएको र घरको अवस्था देखेर आफुले भन्नासाथ बनाई दिने भएकोमा धन्यवाद दिएकी छन्।
