खरसाङ महकुमा खेलकुद संघले क्रिस्पियन छेत्रीलाई जनायो सम्मान

Share this news

खरसाङ, 9 जुलाई (निसं)ः खरसाङ महकुमा खेलकुद संघले भारतीय महिला फुटबल टीमका प्रमुख प्रशिक्षक एवं पूर्व राष्ट्रिय फुटबल खेलाड़ी क्रिस्पियन छेत्रीलाई सम्मान जनाएको छ। बुधवार संघको कार्यालयमा सम्पन्न भएको एक कार्यक्रममा छेत्रीलाई सम्मान जनाइएको हो। कार्यक्रममा क्रिस्पियन छेत्रीलाई संघका अध्यक्ष मोहन योञ्जन, सचिव निर्माल गुरुङ, उपाध्यक्ष फूर्बा घिसिङ, संघका कर्मठ सदस्य विकास तामाङ अनि अन्य पदाधिकारीहरूको बाहुलीबाट खदा लगाएर गोर्खा जातीय प्रतिक खुकुरी स्मृति चिन्ह उपहार स्वरुप प्रदान गरेर सम्मान जनाइएको हो। यसरी सम्मान जनाएकोमा खुशी प्रकट गर्दै क्रिस्पियन छेत्रीले भने, म सदैव खरसाङ महकुमा खेलकुद संघको साथमा रहेको हुनेछु। मैले सकेसम्म सबै सहयोग संघलाई पुर्‍याउने छु। यसरी संघको सम्पूर्ण परिवारले सम्मान जनाएकोमा धन्यवाद दिन्छु। यस कार्यक्रमको बारेमा बताउदै संघका उपाध्यक्ष फूर्बा घिसिङले भने, 1 सय 30 करोड़ जनसंख्या भएको देशमा हाम्रो गोर्खे छोराले देशको महिला फुटबल टीमको मुख्य प्रशिक्षकको रुपमा रहेर कार्य गरेकोमा हामीलाई गर्व छ। क्रिस्पियन छेत्रीले हाम्रो गौरव हुन्। देशको महिला फुटबल टीमको प्रमुख प्रशिक्षकको रुपमा रहेर टीमलाई एसियन फुटबल कन्फेडेरेशन (एएफसी) टुर्नामेन्टको निम्ति क्वालिफाई गराउनु भनेको अझ बढ़ी गर्वको कुरो हो। भरखरै थाईल्याण्डमा सम्पन्न भएको एसियन फुटबल कन्फेडरेशन (एएफसी) क्वालिफाइ खेलमा क्रिस्पियन छेत्रीको अथक प्रयास र कुशल प्रशिक्षणमा भारतीय राष्ट्रिय महिला फुटबल टीमले आगामी 2026 मा अष्ट्रेलियामा आयोजना हुने एसिया फुटबल एन्फेडेरेशन (एएफसी) टुर्नामेन्टको निम्ति क्वालिफाइ गर्न सकेको छ। भारतीय राष्ट्रिय महिला फुटबल टीमले यसरी क्वालिफाइ गरेकोमा आज सम्पूर्ण देश नै गर्वित बनेको छ। हाम्रै पहाड़का छोरा, खरसाङमा जन्मिएका, हुर्किएका क्रिस्पियन छेत्रीको यति ठूलो उपलब्धिमा हामी सबैलाई खुशी र गर्व लाग्नु स्वाभाविकै हो। सम्पूर्ण क्षेत्र, जाति र देशलाई गौरवान्वित पार्ने व्यक्तिहरूलाई सम्मान जनाउनु हाम्रो कर्तव्य हो भन्ने हामीले ठानेका छौँ। यसैले आज हामीले सम्पूर्ण खरसाङ महकुमा खेलकुद संघको तर्फबाट छेत्रीलाई सम्मान जनाएका छौँ। आगामी दिनमा अझ भव्य कार्यक्रमको आयोजना गरेर हामी छेत्रीलाई सम्मान जनाउने बारेमा विचार गरिरहेका छौँ। यस कार्यक्रमलाई संघका सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री