खरसाङ पञ्चायत समितिद्वारा विभिन्न विधामा योगदान दिने चारजना विशिष्ट व्यक्तिहरुको स्मृतिमा वार्षिक सम्मानको घोषणा

Share this news

खरसाङ, अगस्त(निसं)ः खरसाङ पञ्चायत समितिको तर्फबाट यसपालीदेखि खरसाङ खण्ड क्षेत्रका विभिन्न विधामा योगदान दिने विशिष्ट व्यक्तिहरुको नाममा विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिने घोषणा गरिएको छ। आज खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री र कर्माध्यक्षद्वय भक्तिमान तामाङ र शुभहाङ एन्ड्यु सुब्बा अनि पञ्चायत समिति सदस्य मौसम तामाङ उपस्थित भएर यसपालीदेखि खरसाङ पञ्चायत समितिको तर्फबाट विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने घोषणा गरेका छन्‌‍। यसपालीदेखि खरसाङ पञ्चायत समितिको तर्फबाट शुरु गरिएको विभिन्न सम्मानहरुमा सिटोङ निवासी युवा स्रष्टा सञ्जीव छेत्रीलाई असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिने भएको छ भने चमनसिंह गुरुङ स्मृति खेलकूद सम्मान खरसाङ्को सन्त मेरिज निवासी एंव भारतीय महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक क्रिस्पिन छेत्रीलाई प्रदान गरिने भएको छ। त्यसरी नै प्रतापसिंह लोहार स्मृति संगीत सम्मान तीनधारे निवासी बरुण रसाइलीलाई प्रदान गरिने भएको छ भने फादर आब्राहाम शैक्षिक सम्मान गाड़ीधुरा निवासी जुनियर स्यान्टिस किरण बराइकलाई प्रदान गरिने भएको छ। उक्त सम्मानहरु विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रीले यसपालीदेखि चारवटा विभिन्न विधाहरुमा खरसाङ खण्ड क्षेत्रका विभिन्न व्यक्तिहरुलाई विशिष्ट योगदान दिने चारजना व्यक्तिहरुका स्मृतिमा प्रदान गरिने घोषणा गरिएको बताएकी छन्‌‍। उनले यो सम्मान अब प्रत्येक वर्ष खरसाङ खण्ड अन्तर्गत पर्ने विशिष्ट व्यक्तित्वहरूलाई प्रदान गरिने भएको बताउँदै चारजना विशिष्ट व्यक्तिहरुको स्मृतिमा प्रदान गर्ने साहित्यिक सम्मान, शैक्षिक सम्मान, संगीत सम्मान र खेलकूद सम्मानको लागि सम्बन्धित विशिष्ट व्यक्तिको परिवारबाट औपचारिक अनुमति लिइएको पनि सभापति अनु छेत्रीले बताएकी छन्‌‍।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री