ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

Share this news

सोनादा,28 जून(निसं): जीटीएको शिक्षा विभागले वर्तमान समयमा शिक्षक-शिक्षिकाहरुको लागि ई पेन्शन र ई पीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद प्रकट गरिएको छ। हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय सह सचिव किरण बरदेवा, हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिका सभापति ललित मुखिया, उप सभापति पेमा लामा, महासचिव राजीव त्रिखत्री, सह सचिव रिना लामा, केन्द्रीय सदस्य प्रकाश राई, चन्दन लकान्द्री, अरुण राई, क्षेत्र कार्यकारी सदस्यहरु प्रसाद तामाङ, उषा रामुदामु, आरसीसी राई, ज्ञानेन्द्र गुरुङ आदि उपस्थित भएर शिक्षक-शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएकोमा जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय सह सचिव किरण बरदेवाले पेन्शन र पीएफको लागि पूर्व शिक्षक-शिक्षिकाहरुले धेरै दुःख भोग्नु परिरहेका थिए तर जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभाग प्रभारी सभासद राजेस चौहानले शिक्षकृ-शिक्षिकाहरुको सुविधाको लागि ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएको कारणले धेरै सुविधा भएको बताएका छन्। उनले ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएकोमा जीटीए प्रमुख कार्यपाल अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। उनले प्राथमिक शिक्षा विभागको बोर्ड चेयरम्यान तिलकचनन्द्र रोका, शिक्षा विभागको कार्यकारी निर्देशक, सम्पूर्ण एसआईहरु, बड़ाबाबु, सम्पूर्ण कर्मचारीहरु साथै हिल तराई प्राथमिक शिक्षक संगठनको सम्पूर्ण पदाधिकारीहरुप्रति आभार प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान