बीटी एक्ट 1949 रद्द गरेर महाबोधी बौद्धहरूलाई सुम्पन पर्ने अल इण्डिया बुद्धिष्ट फोरमको माग

Share this news

खरसाङ, (निसं): अल इण्डिया बुद्धिष्ट फोरमको आयोजनामा खरसाङ बजारमा शनिवार एउटा मशाल जुलुसको आयोजना गरियो। अखिल भारतीय तामाङ बौद्ध संघ, खरसाङ बुद्धिष्ट एसोसिएशन, शेर्पा एसोसिएशन, म्हाणी संघ, लामा संघ, अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन अनि अन्यान्य संघ-संगठनका सदस्यहरूको सहभागितामा सम्पन्न भएको यो जुलुस खरसाङ्को टुरिष्ट लजबाट आरम्भ गरिएको थियो। जुलुसले वर्द्धवान रोड भएर खरसाङ शहर परिक्रमा गर्दै मोटर स्ट्याण्डमा पुगेर पथ सभा गरेको थियो। पथ सभामा बोल्दै अल इण्डिया बुद्धिष्ट फोरमका महासचिव एवं महाबोधी मुक्ति आन्दोलनका प्रणेता आकाश लामाले भने, गत 12 फरवरीदेखि आरम्भ भएको बुद्धगया (महाबोधी) मुक्ति आन्दोलन आज 186 दिन पूरा भइसकेको छ। यद्यपि बौद्धहरूको पवित्र आस्थाको केन्द्र एंव विश्व बौद्ध विरासत पूर्णरुपमा बौद्धहरूको नियन्त्रणमा आजसम्म छैन्‌‍। बिहार सरकार अधिनस्थ गया जिल्लाको नियन्त्रणमा सयौँ वर्षदेखि विभिन्न कानुन बनाएर नियोजित रूपमा आजपर्यन्त अवैध रूपमा महाबोधी सञ्चालनमा राखिएको छ। भारतको संविधान लागू हुन पूर्व बनाइएको बीटी एक्ट 1949 लाई नै आधार मानेर नौ सदसयीय कमिटीद्वारा महाबोधी मन्दिर सञ्चालन गरिन्छ, जसमा चार जना बौद्ध, 4 जना गैरबौद्ध (हिन्दू ब्राह्मण) अनि मूख्य रूपमा एकजना हिन्दू जिल्ला कलेक्टर अध्यक्ष रहने प्रावधान वर्षौँदेखि चलिरहेको छ। यसै पक्षपात पूर्ण नितिको बिरुद्ध विगतमा पनि मुक्ति आन्दोलन भइरहेको छ। यस विषयमा भारतको सर्वोच्च न्यायलयमा न्यायको निम्ति मामिला दर्ता गरिए तापनि विभिन्न कारणले निष्पक्ष सुनवाई भएको छैन। लामाले अघि भने, न्यायसंगत अनि संवैधानिक तौरमा हेर्नु हो भने पनि भारतको संविधान लागु हुन अधि बनिएको सम्पूर्ण कानुनहरू रद्द भइसकेका छन्‌‍। यसरी पुराना ब्रिटिश कालका कानुनहरू रद्द भए तापनि आजसम्म बोधगयाको बीटी एक्ट 1949 किन आजपर्यन्त त्यहाँ लागू छ? यसलाई पूर्णरूपमा निरस्त गरी नयाँ कानून अन्तर्गत वीटीएमसीको सम्पूर्ण अधिकार बौद्धलाई सुम्पिन पर्छ। यसैको मागमा आज देशव्यापी मशाल यात्राको आयोजना भइरहेको छ र खरसाङ्मा पनि मशाल जुलुसको आयोजना गरेका हौँ। तिनले अघि भने, महाबोधी आन्दोलनको आरम्भ कानूनी रुपमा यही खरसाङबाट शुरु भएको हो । भारतको सर्वोच्च न्यायलयमा यसै विषयमा 2012 मा रिट पिटीशन फाइल गर्ने प्रथम बौद्ध सदस्य स्व. वाङ्दी छिरिङ भोटिया, नागार्जुन भान्ते अनि सुरेश रसाई थिए। वर्तमानमा पनि उक्त मामिलाको सुनवाई भइरहेको छ। पथ सभामा स्व. वाङ्दी छिरिङ भूटियाप्रति श्रद्धाञ्जली (मौलम) अर्पण गरिएको थियो, जबसम्म बौद्धहरू शान्तीपूर्ण ढंगमा सड़कमा उत्रन्दैनौ तबसम्म हामीले न्याय पाउन असम्भव रहने पनि वक्ताहरूले पथसभामा बताए। वक्ताहरूले केवल न्यायिक युद्ध पर्याप्त नहुने बताउदै भारत एउटा प्रजातान्त्रिक देश भएको हुनाले सड़कमा आवाज उठाउै पर्ने आह्वान गर्दै दार्जीलिङ पहाड़, तराई इवर्सबाट पनि यस्तै आवाज उठ्नु पर्ने बताए। पथसभालाई अल इण्डिया बुद्धिष्ट फोरमका उप-सभापति युएस तामाङ, कोषाध्यक्ष पासङ शेर्पा अन्यान्यले पनि सम्बोधन गर्दै जबसम्म न्याय पाउँदैनौ तबसम्म यो मशाल निभ्न नहुने बताए। पथ सभामा धन्यवाद ज्ञापुन यूएस तमाङले गरेका थिए।


Share this news
आजको रोजाइ
एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

आजको रोजाइ