अण्डर फोर्टिन बोईज अनि महिला फुटबल टुर्नामेन्ट 20 सेप्टेमबरदेखि

Share this news

खरसाङ, (निसं): खरसाङ्मा आगामी 20 सेप्टेम्बरदेखि बोईज अण्डर फोर्टिन लीग कम नकाउट फुटबल टुर्नामेन्ट अनि महिला खुल्ला फुटबल टुर्नामेन्टको आयोजना गरिनेछ। खरसाङ महकुमा खेलकुद सङ्घको आयोजनामा सम्पन्न गरिने यो टुर्नामेन्ट यहाँको डब्लूबीएनभीएफ खेल मैदानमा आयोजना गरिनेछ। मंगलवार सङ्घको कार्यालयमा सङ्घका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भएको एक सभामा यी दुई टुर्नामेन्ट आयोजना गर्ने निर्णय गर्दै प्रस्ताव पारिक गरिएको सङ्घका उपाध्यक्ष फूर्बा घिसिङले बताएका छन्‌‍। फूर्बा घिसिङले बताए अनुसार सभामा लिइएको निर्णय अनुसार यी दुई फुटबल टुर्नामेन्टमा अंशग्रहण गर्नको निम्ति इच्छुक टीमहरूले आगामी 15 सेप्टेम्बरसम्ममा सङ्घको कार्यलय अथवा संङ्घका पदाधिकारीहरूसित सम्पर्क राखेर पञ्जीकरण गराउन पर्नेछ। फूर्बा घिसिङले दर्पणसित कुरा गर्दै भने, मंगलवार सम्पन्न भएको सङ्घको सभामा लिइएको निर्णय अनुसार अण्डर फोर्टिन लीग कम नकाउट फुटबल टुर्नामेन्टमा अंशग्रहण गर्न चाहाने टीमका खेलाड़ीहरूको आधार कार्ड र जन्म प्रमाण पत्र अनिवर्य रुपमा बुझाउन पर्नेछ। यस टुर्नामेन्टमा अंश ग्रहण गर्न चाहाने टीमका खेलाड़ीहरू 18 सेप्टेम्बर 2011 पछि जन्मिएको हुन पर्नेछ। अधिक उमेर भएका खेलाड़ीहरूलाई टुर्नामेन्टको निम्ति प्रवेश दिइने छैन। सभामा लिइएको निर्णय अनुसार यो टुर्नामेन्ट खरसाङ्को नयाँ बजारस्थित डब्लूबीएनभीएफ खेल मैदानमा सेवेन साइडमा सम्पन्न गरिने पनि घिसिङले जनाए। तिनले भने, अण्डर 14 बोईज लीग कम नकाउट फुटबल टुर्नामेन्टको निम्ति सङ्घका तक्निकी सदस्य राम प्रसाद सार्कीले तिनका पिता स्व. एलटी सिंह सार्कीको नाममा विजेता ट्रफी अनि माता सुकमाया सार्कीको नाममा उपविजेता ट्रफी प्रयोजित गर्नेछन्‌‍। अण्डर 14 बोईज लीग कम नकाउट फुटबल टुर्नामेन्टको प्रत्येक टीमले आफ्नो 12 खेलाड़ीहरूको नाम पञ्जीकरण गराउन पर्नेछ।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न