सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः दार्जीलिङ्का भएको छ। 88 वर्षीय पूर्णकला विष्टको निधन शनिवार भएको हो भनी सांसद विष्टले जनाएका छन्‌‍। सांसद विष्टले एक विज्ञप्तिमा भनेका छन्‌‍, आज हाम्रो पूज्यनीय अनि अति प्यारी 88 वर्षीय हजुर आमा (बोज्यू), पूर्णकला विष्टको स्वर्गवास भएको खबर दुःखको साथमा साझ गरिरहेको छु। उनले एक उल्लेख योग्य जीवन व्यतित गरिन्‌‍, उनले हामीलाई अगाध माया, ज्ञान प्रदान गर्दै हाम्रो देखभाल गरिन्‌‍। उनी हाम्रो घरको आत्मा, सबै थोक थिइन्‌‍। उनले हामी सबै परिवारलाई एक सूत्रमा बाँधेर राखेकी थिइन्‌‍। उनले हाम्रो जीवनमा प्रदान गरेकी संस्कार, ज्ञान र शिक्षाले हाम्रो मार्गदर्शन गरेको छ। विष्टले आफ्नो बोज्यूको बारेमा अघि भनेका छन्‌‍, हाम्रा हजुर आमा दयालु, मिलनसार कुनै पनि व्यक्तिको आँखामा नबिझाउने स्वाभावकी थिइन्‌‍। उनको देहान्तले अवश्यै हामी अति दुःखित बनेका छौँ तर उनले शान्ति प्राप्त गरेको सम्झेर सान्तवना पाइरहेका छौँ। यस दुःखद घड़ीमा हामी सबै शुभचिन्तक, आफन्तजन अनि इष्टमित्रबाट हजुर आमाको आत्म शान्तिको निम्ति प्रार्थना गरिदिने अनि उनको अन्तिम बिदाईमा एक साथ रहिदिने निवेदन गर्दर्छौँ। सांसद विष्टले आफ्नो बोज्यूको निधन पैतृक घर मणिपूरमा भएको बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
फ्रेञ्चसिस राई राज्य स्तरीय भानुसिधु गोल्डकपमा छनौट

फ्रेञ्चसिस राई राज्य स्तरीय भानुसिधु गोल्डकपमा छनौट

डा. प्रताबसिंह राईकृत द लिटल रगित अफ दार्जीलिङ अन द अदर साइट-विमोचन

डा. प्रताबसिंह राईकृत द लिटल रगित अफ दार्जीलिङ अन द अदर साइट-विमोचन

शहर नजिक भिक्टोरिया फल्स-को पुल जिर्ण अवस्थामा रहेको अजयको दाबी

शहर नजिक भिक्टोरिया फल्स-को पुल जिर्ण अवस्थामा रहेको अजयको दाबी

दोस्रो सोवित कुमार राई स्मृति बस अनि चित्र बनाऊ र निबन्ध प्रतियोगिता

पर्वतारोही प्रतिमा राईलाई घूममा सम्बर्द्धना

पर्वतारोही प्रतिमा राईलाई घूममा सम्बर्द्धना

भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको कार्यालय भवनको शिलान्यास

भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको कार्यालय भवनको शिलान्यास

खरसाङ एडभोकेट एसोसिएशनद्वारा विदाई एवम्‌‍ स्वागत कार्यक्रम

खरसाङ एडभोकेट एसोसिएशनद्वारा विदाई एवम्‌‍ स्वागत कार्यक्रम

विभाग मौन रहेपछि बोङबस्तीमा गाउँलेले सड़क मर्मत आफैँ गरे

विभाग मौन रहेपछि बोङबस्तीमा गाउँलेले सड़क मर्मत आफैँ गरे

ओपीडी कक्षमा गुनासो एवं परामर्श डेस्कको थालनी

ओपीडी कक्षमा गुनासो एवं परामर्श डेस्कको थालनी

खरसाङमा तीन दिवसीय कलाकार कार्यशाला आरम्भ

खरसाङमा तीन दिवसीय कलाकार कार्यशाला आरम्भ

आजको रोजाइ