कलकत्ता उच्च न्यालयको बेञ्च क्याक्स ट्रिब्युनलको साथमा स्थापित गर्ने विष्टको माग

Share this news

खरसाङ, 23 जुलाई (निसं)ः दार्जीलिङ्का सांसद राजु विष्टले केन्द्रीय कानुन अनि न्याय मन्त्री अर्जुन राम मेघवालसित भेट गरेर दार्जीलिङ पहाड़, सलिगढ़ी, तराई, डुवर्स अनि सम्पूर्ण उत्तर बंगालको न्यायपालिकाको पूर्वाधार अनि न्याय प्रकियाको बारेमा चर्चा गरेका छन्‌‍। सांसद राजु विष्टले एक विज्ञप्तिमा जानकारी दिए अनुसार यस चर्चामा तिनले मन्त्रीसित यस क्षेत्रको निम्ति कलकत्ता उच्च न्ययलयको स्थायी बेञ्च दार्जीलिङ-सिलगढ़ी-जलपाईगढ़ी क्षेत्रमा आयकर अपिल न्याधिकरण (ट्याक्स ट्रिब्यूनल)को साथमा बसाउने माग गरेका छन्‌‍। विष्टले यस क्षेत्रमा कलकत्ता उच्च न्यालयको बेञ्च ट्याक्स ट्रिब्युनलको साथमा स्थापित गरिएको खण्डमा 3 कड़ोर मानिसहरूलाई लामो यात्राको झन्झटदेखि छुटकारा प्राप्त हुनेछ। उत्तर बंगाल क्षेत्रका मानिसहरूलाई सजिलै र समयमा न्याय प्राप्त गर्नको निम्ति सुनिश्चितता हुनेछ। वर्तमानमा वार्षिक 15 हजार लम्बित मामिला रहेको बताउदै विष्टले भनेका छन्‌‍, कलक्ता उच्च न्यालयलको स्थायी बेञ्च हाम्रो क्षेत्रमा स्थापित गरिएको खण्डमा द्रुत गतिमा र समयमा न्याय प्राप्त गर्न सुनिश्चित हुनेछ। विष्टले मन्त्रीसित दार्जीलिङ, कालेबुङ, खरसाङ अदालतको पूर्वाधारहरूको विकासमा पनि मन्त्रीको ध्यानाकर्षण गराएको बताउदै भनेका छन्‌‍, यी अदालतहरूको अघिबाटै रहेका बिल्डिङहरूको मरमति अनि बढ़ोत्तरी दशकौँदेखि गरिएको छैन। फलस्वरुप ती बिल्डिङहरू साँघुरो अनि पुराना सुविधा युक्त छन्‌‍। स्वच्छ अनि त्वरित न्यायीक प्रक्रिया सञ्चालन गर्नको निम्ति आधुनिक अनि कार्य क्षमता सम्पन्न पूर्वाधारहरूको आवश्यकता रहन्छ। विष्टले मन्त्रीसितको चर्चामा सिलगढ़ी कोर्टको शीघ्र विकास गर्नु पर्ने आवश्यकताको बारेमा पनि मन्त्रीलाई अवगतक गराएको जनाएका छन्‌‍। यसको अतिरिक्त विष्टले मन्त्रीसितको चर्चामा फास्ट ट्य्राक कोर्टको स्थापनि गर्ने अनि अन्यान्य विषयमा पनि चर्चा गर्दै माग गरेको बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान