साँप भोटिएकोले मानिसहरूमा चिन्ता

Share this news

खरसाङ, : खरसाङ्को विभिन्न स्थानमा अहिले गुर्बे अनि अन्य प्रजातिका साँपहरू पाइन्दैछन्‌‍। खरसाङ्को डुमारा बस्ती, शितलु बस्ती, शेर्पा बस्ती, डाउहिल अनि अन्य धेरै स्थानमा अहिले साँप निस्किरहेको अथवा मानिसहरूले साँप भेटिरहेको बताएका छन्‌‍। कतिपयले आफ्नो घरभित्र, घरको बरण्डामा, फूलको गमलामा साँप भेटेको बताएका छन्‌‍। कतिपयले बाटो वा सड़कमा साँप भेटेको बताएका छन्‌‍। माथिल्लो डुमाराम बस्तीका एक व्यक्तिले आफ्नो पितालाई गुर्बे साँपले डसेकोले अस्पतालमा भर्ती गर्न परेको बताएका छन्‌‍। डुमाराम बस्तीकै एक व्यक्तिले आफ्नो घरको पर्खालको प्वालमा साँप देखेपछि आत्तिएको बताएका छन्‌‍। वर्तमानमा खरसाङ लगायत पहाड़ी क्षेत्रमा मधेशको जस्तो गर्मी भइरहेकोले साँपको संख्यामा वृद्धि भएको हुन सक्ने मानिसहरूको अड़कल रहेको छ। वर्तमानमा स्थानीय प्रजातिका साँपको अतिरिक्त मधेशमा पाइने विषालु किङ्‌‍ कोबरा पनि पहाड़को विभिन्न स्थानहरूमा पाइएकोले मानिसहरूमा चिन्ता बढ़ेको छ।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार