समष्टि स्तरीय स्वतन्त्रता दिवस समारोहको तयारी 

Share this news

रिम्बिक, 7 अगस्ट(निसं): रिम्बिक-लोधोमा समष्टिमा समष्टि स्तरीय 79औँ स्वतन्त्रता दिवस समारोह पालनको निम्ति धमाधम तयारी भइरहेको छ। यसपाली स्वतन्त्रता दिवस समारोह लोधोमा स्थित लोधोमा जन खेल मैदानमा हुने निश्चित भएपछि सम्बन्धित सम्पूर्ण प्रतिनिधिहरुले मैदानलाई  सफा अनि सुन्दरीकरण गर्ने कार्य गरिरहेका छन। यस अवधि आज क्षेत्रिय सभासद नोर्देन शेर्पाले स्थलगत भ्रमण गर्दै तयारीको निरक्षण गरे। समष्टिका विभिन्न विद्यालय, भूतपूर्व सैनिक संगठन,  लोधोमा पुलिस प्रशासन, स्वास्थ्य कर्मी , अन्य विभिन्न संघ-संस्था लगायत सम्पूर्ण समाजका प्रतिनिधिहरुलाई लिएर स्वतंत्रता दिवस सम्बन्धि एक सभा सम्पन्न भयो। सभामा स्वतन्त्रता दिवस समारोहमा क्षेत्रका  13 वटा विद्यालयका लगभग सात सय जना भन्दा अधिक विद्यार्थीहरुले मार्चपास, ड्रिल, संस्कृतिक नृत्य लगायत फुटबल प्रतियोगिता हुने, स्वतन्त्रता समारोह आयोजक पक्षले जानकारी दिएको छ। उक्त दिन क्षेत्रका विभिन्न विधामा जस्तै आइपीएस, आईएएस, आईएफएस, डब्लुबीसीएस, एमबीबीएस, पीएचडी, साहित्य अकादमी युवा पुरस्कार प्रापक, ट्रेल रनर अनि माउन्ट एभरेस्टरहरुलाई सम्मान जनाउने भएको छ भने यस वर्ष माध्यमिक अनि उच्च माध्यमिक परिक्षामा उत्कृष्ट अङ्ककासाथ उत्तीर्ण हुने विद्यार्थीहरुलाई पनि सम्बर्द्धना जनाउने भएको आयोजक पक्षले जानकारी दिएका छन्। समारोह अवधि विद्यार्थीहरुको स्वास्थ्य अनि सुरक्षाको निम्ति स्वास्थ्यकर्मी लगायत पुलिस प्रशासनले कडा निगरानी गरिने छ। स्वतन्त्रता दिवस फुटबल प्रतियोगिताको भोलिदेखि लिग म्याच शुरू हुने पनि जनाइएको छ।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार