रंगबुलको गोर्खा बस्तीमा भागोप्रमोको सभा सम्पन्न

Share this news

सोनादा , (निसं): भारतीय ग्रोर्खा प्रजातान्त्रिक मोर्चा रंगबुल समन्वय समितिका संयोजक लक्ष्मण ठकुरी, रंगबुल ग्राम पञ्चायत प्रधान योजना सुब्बा, पञ्चायत समिति सदस्या याङ लमू शेर्पा, पञ्चायत सदस्य एनोस हाङ सुब्बा आदिको उपस्थितिमा एउटा सभा गोर्खा बस्ती सार्वजनिक भवनमा शाखाको सभापति अर्जुन थापाको अध्यक्षमा सम्पन्न गरियो। यस सभालाई निर्मल छेत्रीले सञ्चालन गरेका थिए। सबै भातृ सङ्गठनहरू यस सभामा उपस्थित थिए। सभामा शिक्षक सङ्गठन, पे ब्याण्ड कर्मचारी, आशाकर्मी, आँगनवाडी, भीबीडी, भूतपूर्व सैनिक सङ्गठन, गाउँ समाजका वरिष्ठ नागरिकहरू उपस्थित थिए। सभामा सबैको सुझाव र सल्लाह अनुसार गोर्खा बस्तीको कतिपय अधुरो रहेको विकासमूलक कार्यलाई अघि बढ़ाई दिने भनी ग्राम पञ्चायत प्रधानलाई पनि जानकारी गराएका छन्‌‍। यसको साथै जमीन बिषय साथै चुनाव आयोगद्वारा जारी गरिने दस्तावेज सम्बन्धमा पनि बीएलओ सुरेन छेत्रीद्वारा प्रकाश पारेका थिए। सबैको सुझाव सल्लाह अनुसार यस सभाले शाखा समितिमा केही फेरबदल गर्दै नयाँ ढाँचामा शाखा समिति गठन गरेको छ। यसको साथै जोनल समिति गठनाको लागि तीनजना सदस्यहरू क्रमैले सुरेन छेत्री, रामा सुब्बा र सुशील राईलाई चयन गरियो भनी प्रचार प्रसार सचिव शेरेप छिरीङ लेप्चाले पत्रकारहरूलाई बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान