सेनामाथि मुख्यमन्त्रीले अपमान गरेको भन्दै भाजपाद्वारा विरोध जनाउँदै खरसाङ्मा पोष्टरिङ

Share this news

खरसाङ , (निसं): भारतीय जनता पार्टीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भारतीय सेनाप्रति गरेको अपमानजनक वक्तव्यको विरोध जनाउँदै खरसाङ्मा पोष्टरिङ गरेको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको वक्तव्यको विरोधमा भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको छ। यस क्रममा भाजपाले खरसाङ्को मोटर स्ट्याण्ड क्षेत्रमा व्यापक पोस्टरिङ गरेका छन्‌‍।उक्त पोष्टरिङ कार्यक्रममा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला महासचिव सोनाम लामा, जिल्ला सचिव बिनय प्रसाद, चिम्नी देवराली मण्डल अध्यक्ष सञ्जय थापा र मिडिया प्रभारी चन्दन प्रसाद उपस्थित रहेका थिए। खरसाङ्मा गरिएको पोष्टरिङ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला महासचिव सोनाम लामाले हाम्रो सेना देशको शान, गौरव र मर्यादाको प्रतिक हो भन्दै सेनाको अपमान गर्नु राष्ट्रकै अपमान गर्नु हो भनी आरोप लगाएका छन्‌‍। उनले भारतीय सेना हाम्रो सीमाको सुरक्षा मात्रै होइन, कठिनाइमा पनि आम नागरिकको सहारा बन्ने बलियो आधारशिला हो र हाम्रो आजको स्वतन्त्रता र सुरक्षित भविष्य सेनाको बलिदान र समर्पणकै फल हो भनी बताएका छन्‌‍। जिल्ला महासचिव सोनाम लामाले मुख्यमन्त्री ममता ब्यानर्जीले सेना र देशसँग माफ माग्नुपर्छ भनी मांग गरेका छन्‌‍। दार्जीलिङ जिल्ला महासचिव सोनाम लामाले भने, देशको सेनामाथि राजनीति गरेकोमा हामी यसको विरोध जनाउँछौँ। किनभने सेना देशलाई रक्षा गर्ने हो र सेनालाई लिएर गरिएको व्यवहारको विरोध जनाउँछौँ। यो विरोध खरसाङ्मा मात्र होइन तर दार्जीलिङ पहाड, राज्य र देशभरि विरोध भईरहेको छ। देशको सेनामाथि राजनीति गरे हामी यसरी नै विरोध जनाउँछौँ अनि घोर प्रतिवाद गर्दै यसलाई सड़कमा लिएर आउनेछौँ।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

आजको रोजाइ