सेनामाथि मुख्यमन्त्रीले अपमान गरेको भन्दै भाजपाद्वारा विरोध जनाउँदै खरसाङ्मा पोष्टरिङ

Share this news

खरसाङ , (निसं): भारतीय जनता पार्टीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भारतीय सेनाप्रति गरेको अपमानजनक वक्तव्यको विरोध जनाउँदै खरसाङ्मा पोष्टरिङ गरेको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको वक्तव्यको विरोधमा भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको छ। यस क्रममा भाजपाले खरसाङ्को मोटर स्ट्याण्ड क्षेत्रमा व्यापक पोस्टरिङ गरेका छन्‌‍।उक्त पोष्टरिङ कार्यक्रममा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला महासचिव सोनाम लामा, जिल्ला सचिव बिनय प्रसाद, चिम्नी देवराली मण्डल अध्यक्ष सञ्जय थापा र मिडिया प्रभारी चन्दन प्रसाद उपस्थित रहेका थिए। खरसाङ्मा गरिएको पोष्टरिङ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला महासचिव सोनाम लामाले हाम्रो सेना देशको शान, गौरव र मर्यादाको प्रतिक हो भन्दै सेनाको अपमान गर्नु राष्ट्रकै अपमान गर्नु हो भनी आरोप लगाएका छन्‌‍। उनले भारतीय सेना हाम्रो सीमाको सुरक्षा मात्रै होइन, कठिनाइमा पनि आम नागरिकको सहारा बन्ने बलियो आधारशिला हो र हाम्रो आजको स्वतन्त्रता र सुरक्षित भविष्य सेनाको बलिदान र समर्पणकै फल हो भनी बताएका छन्‌‍। जिल्ला महासचिव सोनाम लामाले मुख्यमन्त्री ममता ब्यानर्जीले सेना र देशसँग माफ माग्नुपर्छ भनी मांग गरेका छन्‌‍। दार्जीलिङ जिल्ला महासचिव सोनाम लामाले भने, देशको सेनामाथि राजनीति गरेकोमा हामी यसको विरोध जनाउँछौँ। किनभने सेना देशलाई रक्षा गर्ने हो र सेनालाई लिएर गरिएको व्यवहारको विरोध जनाउँछौँ। यो विरोध खरसाङ्मा मात्र होइन तर दार्जीलिङ पहाड, राज्य र देशभरि विरोध भईरहेको छ। देशको सेनामाथि राजनीति गरे हामी यसरी नै विरोध जनाउँछौँ अनि घोर प्रतिवाद गर्दै यसलाई सड़कमा लिएर आउनेछौँ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान