खुल्ला रुपमा भन्छु, म बंगाल सरकारसँग मिलेर नै काम गर्छु -अनित थापा

Share this news

सोनादा, (निसं): रङ्गबुल धोतरिया जोनको धोतरिया कलेजभेल्ली गाउँहरुबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्ट अनि अन्य दलहरुबाट भागोप्रमोमा सामेल भएका 1 सय 80 घरलाई पार्टीमा स्वागत गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय पार्टी अध्यक्ष अनित थापाले भने, “पार्टीमा सामेल भएपछि पार्टीको काम गर्नुपर्छ, सुतेर चाँहि हुँदैन। पार्टीमा आउनु सजिलो छ तर काम गर्नु गाह्रो छ।“ थापाले 2017 अघिको राजनीति अनि आजको राजनीतिमा फरक आएको छ भन्दै भने, “पहाड़लाई शान्तिको मार्गमा लैजाने मेरो राजनैतिक यात्रा सजिलो यात्रा थिएन। हिजोको दिनमा कराउनु, उफ्रिनु, डढाँउनुलाई राजनीति भन्थ्यो। आज त्यसरी राजनीति गर्नु मिल्दैन। आज दोषारोपणको राजनीति काम लाग्दैन। कामको राजनीति, उपलब्धिको राजनीति मात्र जनताले देख्छ। राजनीतिमा धैर्य चाहिन्छ अनि नेतृत्वमाथि विश्वास राख्नुपर्छ।“ उनले अझ भने, “पहाडमा हामी राजनैतिक शिकार बन्दैछौँ। हामी राजनैतिक रूपमा सचेत छैनौँ। तृणमूलसँगको हाम्रो राजनैतिक समीकरणको नकरात्मक न्यारेटिभले अन्य पार्टीले फाइदा लिन्छ। सांसदको चुनावमा ममता ब्यानर्जीलाई हराउनु काम नै नगरेको भारतीय जनता पार्टीलाई जितायो, हामीलाई हरायो। नोक्सान गोर्खालाई नै भएको छ। शिकार दार्जीलिङ पहाडको गोर्खा नै भएको छ।“ थापाले कसैको नाम नलिई, कटाक्ष गर्दै भने, “हामीले राजनैतिक उटपट्याङ कुरा सुन्नु हुँदैन। उनीहरुको राजनैतिक लक्ष्य, भिजन, रणनीति भनेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीलाई हराउनु मात्र रहेछ। म हार-जीतको लडाइँमा निस्केको होइन। सभ्य समाज, सभ्य सोच, सभ्य परिवेश सृजना गर्ने हाम्रो राजनीति हो। मलाई चुनाव जित्दा कुर्सीको याद आउँदैन। म राज्य सरकारसँग मिलेर काम गर्ने नेता हुँ। मलाई मान्छेले भोट नदेला, बंगाल सरकारसँग मिल्यो भन्दा तर बंगाल सरकारसँग मिलेर काम गरेनौंँ भने यहाँको विकास कहाँबाट हुन्छ त्यसैले म खुल्लम खुल्ला भन्छु म पहाड़को समृद्धि, विकास अनि शान्तिको निम्ति बंगाल सरकारसँग मिलेर नै काम गर्छु। आफ्नो खुट्टामा उभिने राजनीति हो मेरो।“ विचारको परिवर्तनले नै सही परिवर्तन ल्याउँछ भन्दै उनले थप भने, “हाम्रो घरहरूमा शुभ लाभदेखि तपाईं सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ सम्म आइपुगेको परिवर्तन सकारात्मक परिवर्तन होइन। वैचारिक परिवर्तन नै सही परिवर्तन हो। आफ्नो गाउँ आफै बनाउनुपर्छ। सङ्घर्षलाई आफ्नो सिद्धान्त मान्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सदैव गाउँ निर्माणमा सहयोग गर्नेछ।“


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान