नेपाली भाषा मान्यता दिवसको अवसरमा खरसाङ्मा विराट जागरण जुलुस आयोजना

Share this news

खरसाङ, (निसं)ः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभाग र नेपाली भाषा मान्यता दिवस समारोह समितिको आयोजनामा जीटीए क्षेत्रभरि आयोजना गरिएको दुई सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह अन्तर्गत आज खरसाङ्मा विराट रैलीको साथमा पालन गरिएको छ। उक्त रैलीलाई विराट जागरण जुलुस को नाम दिइएको छ। भाषा हाम्रो प्राण हो भन्ने भन्दै उक्त विराट जागरण जुलुस खरसाङ मोटर स्ट्याण्डबाट शुरु भएर हिल कार्ट रोड हुँदै अस्पताल मोडबाट वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्ड हुँदै नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा आएर कार्यक्रममा परिणत भएको छ। नेपाली भाषालाई लिएर आयोजित विराट जागरण जुलुसमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न विद्यालयहरुको विद्यार्थीहरुले सहभागिता जनाएका थिए। विराट जागरण जुलुसमा सहभागीहरुले भाषा हाम्रो प्राण हो, भाषा बाँचे जाति बाँच्छ, नेपाली भाषा हाम्रो मातृ भाषा हो, नेपाली भाषालाई सम्मान गरौं, नेपाली भाषा शुद्ध लेखौं, सूचनापटहरु नेपालीमा लेखौं, बाटो र ठाउँको नाम नेपालीमा लेखौं, कार्यालयतिर आवेदन नेपाली भाषामा लेखौँ जस्ता नाराहरु लगाइएको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान