सिक्किम गरीब आवास योजना अन्तर्गत नवनिर्मित घरहरूको
क्षेत्र विधायक बीएस पन्तले उद्वघाटन गरी लाभार्थीहरूलाई गराए गृह प्रवेश।
तिमी नाम्फिङ निर्वाचन क्षेत्रको तार्कु तनक जीपीयु अन्तर्गत कमरगाउँ र नाम्फिङ जीपीयुको दलेप अनि रेसेप वार्डमा सिक्किम गरीब आवास योजना अन्तर्गत नवनिर्मित घरहरूको आज उद्वघाटन गरिएको छ। लाभार्थीहरू रञ्जीत बस्नेत र दिनेश सुब्बाका नयाँ निर्माण गरिएका घरहरूको उद्घाटन गरी क्षेत्र विधायक पन्तले लाभार्थीहरूलाई गृह प्रवेश गराए। लाभार्थीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ एवं क्षेत्र विधायक पन्तप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
