दिगम्बर कावड़िया संघद्वारा सातदिने कावड़ यात्रा आरम्भ

Share this news

खरसाङ, (निसं): खरसाङ्को दिगम्बर कावड़िया संघका 19 जना समर्पित सदस्यहरूले बाबा बैद्यनाथधाम, बाबा वासुकिनाथ र माता तारा (तारापीठ) को सात दिने पवित्र यात्रातर्फ शुरु गरेका छन्‌‍। यो केवल एक धार्मिक यात्रा मात्र नरहेर श्रद्धा, पहिचान र गौरवको यात्रा हो भन्दै श्रद्धालुहरूले आफ्नो यात्रा शुरू गरेका छन्‌‍। यात्रा शुरु गर्नु अघि तिनीहरूले खरसाङा प्रमुख मन्दिरहरूमा दर्शन गरेर आशीर्वाद प्राप्त गरे। तिनीहरूले खरसाङ्को हाट बजारस्थित श्रीराम मन्दिर, वर्द्धवान रोडको देवी मन्दिर, गौरी सिरुबारीको शंकर धाम अनि गिद्धपहाड़को सेती देवी मन्दिरको दर्शन गरे। यी मन्दिरहरूमा टेकेका पाइला केवल परम्परा पूर्तिको लागि थिएन, ती हाम्रो मातृभूमिको आशीर्वाद थिए, जसले हामीलाई महादेवको धर्तीमा पाइला चाल्ने शक्ति दिएको हो भन्ने कुरा तीर्थयात्री विनय कुमार प्रसादले बताएका छन्‌‍। तिनले यस सम्पूर्ण यात्रामा तिनीहरू खरसाङ्का प्रतिनिधि रहेको जनाएका छन्‌‍। तिनले भने, हाम्रो गेरुवा भेष, हामीले बोलेका शब्दहरू र हामीले गरेका निष्कपटपूर्ण कामहरूले खरसाङ्को नाम, संस्कृति र एकताको सन्देश बोकेको छ। प्रत्येक “बोल बम” को नारा केवल शिवका निम्ति होइन, त्यो हाम्रो भूभाग, हाम्रो समाज र हाम्रो आत्मगौरवको पनि प्रार्थना हो। प्रसादले जानकारी गराए अनुसार भोलि बिहान सुल्तानगञ्जको उत्तरवाहिनी गङ्गा घाटमा तिनीहरूले संकल्प लिनेछन्‌‍, जहाँ गङ्गाको पवित्र प्रवाहबाट बल प्राप्त गरी तिनीहरूले कावड़ यात्रा आरम्भ गर्नेछन्‌‍।

Share this news
आजको रोजाइ
नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

आजको रोजाइ