दिगम्बर कावड़िया संघद्वारा सातदिने कावड़ यात्रा आरम्भ

Share this news

खरसाङ, (निसं): खरसाङ्को दिगम्बर कावड़िया संघका 19 जना समर्पित सदस्यहरूले बाबा बैद्यनाथधाम, बाबा वासुकिनाथ र माता तारा (तारापीठ) को सात दिने पवित्र यात्रातर्फ शुरु गरेका छन्‌‍। यो केवल एक धार्मिक यात्रा मात्र नरहेर श्रद्धा, पहिचान र गौरवको यात्रा हो भन्दै श्रद्धालुहरूले आफ्नो यात्रा शुरू गरेका छन्‌‍। यात्रा शुरु गर्नु अघि तिनीहरूले खरसाङा प्रमुख मन्दिरहरूमा दर्शन गरेर आशीर्वाद प्राप्त गरे। तिनीहरूले खरसाङ्को हाट बजारस्थित श्रीराम मन्दिर, वर्द्धवान रोडको देवी मन्दिर, गौरी सिरुबारीको शंकर धाम अनि गिद्धपहाड़को सेती देवी मन्दिरको दर्शन गरे। यी मन्दिरहरूमा टेकेका पाइला केवल परम्परा पूर्तिको लागि थिएन, ती हाम्रो मातृभूमिको आशीर्वाद थिए, जसले हामीलाई महादेवको धर्तीमा पाइला चाल्ने शक्ति दिएको हो भन्ने कुरा तीर्थयात्री विनय कुमार प्रसादले बताएका छन्‌‍। तिनले यस सम्पूर्ण यात्रामा तिनीहरू खरसाङ्का प्रतिनिधि रहेको जनाएका छन्‌‍। तिनले भने, हाम्रो गेरुवा भेष, हामीले बोलेका शब्दहरू र हामीले गरेका निष्कपटपूर्ण कामहरूले खरसाङ्को नाम, संस्कृति र एकताको सन्देश बोकेको छ। प्रत्येक “बोल बम” को नारा केवल शिवका निम्ति होइन, त्यो हाम्रो भूभाग, हाम्रो समाज र हाम्रो आत्मगौरवको पनि प्रार्थना हो। प्रसादले जानकारी गराए अनुसार भोलि बिहान सुल्तानगञ्जको उत्तरवाहिनी गङ्गा घाटमा तिनीहरूले संकल्प लिनेछन्‌‍, जहाँ गङ्गाको पवित्र प्रवाहबाट बल प्राप्त गरी तिनीहरूले कावड़ यात्रा आरम्भ गर्नेछन्‌‍।


Share this news
आजको रोजाइ
पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

विधायक निरज जिम्बाद्वारा राहत विभिन्न ठाउँमा

विधायक निरज जिम्बाद्वारा राहत विभिन्न ठाउँमा

उज्ज्वल र बलियो सिक्किमको दिशा निर्देश दिने

उज्ज्वल र बलियो सिक्किमको दिशा निर्देश दिने

गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न

गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न