त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

Share this news

खरसाङ, 26 जून(निसं):अ खरसाङ शहरको विभिन्न स्थानमा रहेको त्रुटीपूर्ण साईन बोर्डहरू सच्याउने कार्य भएको छैन। यस्ता साईन बोर्डहरूको बारेमा समाचार पत्रमा समाचार प्रकाशमा आइसकेको र सामाजिक सञ्जालहरूमा नकारात्मक प्रतिक्रियाहरू पोष्ट भइसकेको भए तापनि अहिलेसम्म यस्ता बोर्डहरू सच्याउने दिशामा सम्बन्धित निकाय मौन बसेको भान भएको छ। खरसाङमा लगाइएका यस्ता त्रुटीपूर्ण साईन बोर्डहरूको बारेमा विभिन्न व्यक्ति-व्यक्तित्व अनि संघ-संस्थाले आपत्ति जनाइरहेका छन्। खरसाङमा कतिपय सरकारी, गैरसकरी कार्यालयका साईन बोर्ड, राष्ट्रिय राजमार्गमा लगाइएका कतिपय साईन बोर्ड त्रुटीपूर्ण रहेको पाइएको छ। यी साईन बोर्डहरू धेरै समय अघिदेखि यसरी त्रुटीपूर्ण अवस्थामा रहेका छन्। त्रुटीपूर्ण रहेका यस्ता साईन बोर्डहरूलाई सच्याउन पर्ने धेरै व्यक्ति-व्यक्तित्व अनि संघ-संस्थाको माग रहेको छ। यस बारेमा गोर्खा जनपुस्तकालयका सचिव विनोद रसाइलीले भने, खरसाङ शहरी क्षेत्र अनि राष्ट्रिय राजमार्गको विभिन्न स्थानमा त्रुटीपूर्ण भाषामा लेखिएका साईन बोर्डहरूलाई सच्याउन पर्छ भनी माग गर्दै विगत वर्ष नेपाली भाषा मान्यता दिवसको दिन खरसाङ महकुमा शासक, आकाशवाणी खरसाङ, राष्ट्रिय राजमार्ग विभाग पीडब्लुडी, खरसाङ नगरपालिका अनि अन्य सम्बन्धित निकायहरूमा ज्ञापन चड़ाएका थियौँ। यस सम्बन्धमा सन्तोष जनक कदम नउठाएपछि हामीले पुनः ज्ञापन दिने अथवा सम्बन्धित विभागका अधिकारीहरूसित भेट गरेर कुरा गर्ने निर्णय समेत गरेका थियौँ। हामीले पुस्तकालयको सभामा प्रस्ताव ग्रहण गरेर त्रुटीपूर्ण भाषामा लेखिएका साईन बोर्डहरूको शुद्ध अक्षर र भाषामा नमुना साईन बोर्डको स्टीकर तयार पारेर सम्बन्धित विभागहरूलाई दिनको निम्ति प्रस्ताव पनि ग्रहण गरेका थियौँ। जीटीएको निर्देशलाई पालन गर्दै युवा शक्तिले नेपाली भाषामा साईन बोर्डहरू लगाउनलाई अभियान चलाउने निर्णय गरेपछि हामीले यस अभियानलाई समर्थन जनायौँ अनि हामीले लिएका निर्णयहरूलाई स्थगित राख्यौँ। अहिलेसम्म त्रुटीपूर्ण अक्षर, शब्द अनि भाषामा लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएको छैन। यसको निम्ति हामी खेद प्रकट गर्दछौँ। आगामी नेपाली भाषा मान्यता दिवसको पावन अवसरलाई ध्यानमा राखेर हामी यस विषयमा भानु जयन्तीपछि कार्य गर्नेछौँ। हामी पुनः सम्बन्धित विभागहरू समक्ष जानेछौँ, ज्ञापन बुझाउने छौँ अनि यस दिशामा के-कस्ता कार्यहरू गरियो भन्ने बारेमा जानकारी लिनेछौँ। रसाइलीले अघि भने, हामी चाहान्छौँ नेपाली भाषाको व्यापक र व्यवहारिक रुपमा प्रयोग होस, भाषा शुद्ध लेखियोस, भाषामा एक रुपता हो। तिनले नेपाली भाषामा लेखिन्दा खरसाङलाई खरसाङ नै लेखिन पर्ने पनि बताउदै अंग्रेजी शब्दको उच्चारण कार्सियाङ अथवा कर्सियोङ नेपाली भाषामा लेखिन नहुने पनि बताए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान