टिकेन नेप्सेको वृद्धि, फेरि २७ सयमुनि

Share this news

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २ हजार ७ सयभन्दा मुनि झरेर बन्द भएको छ । गत साताका अन्तिम तीन कारोबार दिन लगातार बढेर बन्द भएको नेप्से यो साता पहिलो र देस्रो दुवै दिन घटेको छ । यससँगै सोमबार समग्र नेप्से २ हजार ७ सयभन्दा तल ओर्लिएर बन्द भएको हो ।

आइतबारको तुलनामा सोमबार नेप्से ७.७५ अंकले घटेको छ । गत बिहीबार २६.४९ अंकले बढेर नेप्से २ हजार ७ सय २२.७३ बिन्दुमा उक्लिएको थियो । गत साता सात कारोबार दिनपछि नेप्सेले २७ सय बिन्दु पार गरेको थियो । तर गत आइतबार १६.६८ अंकले घटेर नेप्से २ हजार ७ सय ६.०४ बिन्दुमा ओर्लिएको थियो । आइतबारको तुलनामा ०.२८ प्रतिशतले घटेर सोमबार नेप्से २ हजार ६ सय ९८.२८ बिन्दुमा ओर्लिएको छ ।

पछिल्ला दिनमा सेयर बजारमा अपेक्षाविपरीत प्रवृत्ति देखिएको जानकार बताउँछन् । कुनै दिन बिनाकारण नेप्से उच्च अंकले बढिरहेको हुन्छ भने कुनै दिन उच्च अंकले ओरालो लाग्छ ।

यस्तो प्रवृत्तिले अझै पनि नेपालको पुँजीबजार परिपक्व हुन नसकेको एक सेयर ब्रोकरले जनाए । त्यसै पनि सेयर बजार सट्टेबाजीमै चल्ने बजार हो । तर पनि थोरै धेरै अनुमानयोग्य त हुनुपर्थ्यो तर नभएको ती अधिकारीको भनाइ छ ।

अर्थतन्त्र शिथिल छ । यसको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा परेको छ । त्यसबाहेक सेयर बजार घट्नुपर्ने कुनै कारण नभए पनि लगातार घट्ने गरेको ती अधिकारीले बताए । सोमबार कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढ्यो भने १३३ वटाको घट्यो, एउटा कम्पनीको स्थिर रह्यो । कुल ७८ हजार ६ सय ७८ पटकको सेयर कारोबारमा २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता सेयर खरिदबिक्री भएको छ । ती किनबेचबाट ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबारको तुलनामा कारोबार रकम बढेको नेप्सेले जनाएको छ । आइतबार ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल १३ उपसमूहमध्ये बैंकिङ, वित्त कम्पनी, लघुवित्त, जीवन बिमा, निर्जीवन बिमा, व्यापार र अन्यको परिसूचक घटे । व्यापार ७०.४४, फाइनान्स २६.१७, अन्य २३.८८, जीवन बिमा २२.१५ र निर्जीवन बिमा १९.६९ अंकले घटेको छ ।

विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन र म्युचअल फन्ड उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ । जसअनुसार जलविद्युत् २७.३६ र विकास बैंक २४.६६ अंकले बढेको नेप्सेको भनाइ छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ९.९९, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९, कर्पोरेट विकास बैंकको ९.८८, युनिभर्सल पावर कम्पनीको ९.८० रन नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ९.०७ प्रतिशतले बढेको नेप्सेको तथ्यांक छ ।

गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को ७.७५, एनएमबी हाइब्रिड फन्ड (दोस्रो) को ७.७०, नेपाल एसबीआई बैंकको ४.१७, विन नेपाल लघुवित्तको ४.०२ र ग्रिन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशतले सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, युनिभर्सल पावर कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर र एनआरआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक अघि रह्यो । ङादी ग्रुप पावरको ५३ करोड ९९ लाख, युनिभर्सल पावर कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार पनि सबैभन्दा बढी सेयर कारोबार जलविद्युत् उपसमूहअन्तर्गतका कम्पनीको भएको छ । यो उपसमूहको कुल ४ अर्ब ४७ करोड ९० लाख, लगानीको १ अर्ब २२ करोड २५ लाख ३१ हजार र लघुवित्तको २४ करोड १ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले बताएको छ ।


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ