जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको प्रतिनिधि टोलीको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका मुख्य कार्यपाल अनित थापासँग भेटघाट

Share this news

खरसाङ, (निसं): इसाईहरूको छाता संगठनगरेको जानकारी प्राप्त भएको छ। भेटघाटको क्रममा गत 4 जुलाई 2025 को दिन भानु भवनमा आयोजित 174 औँ पादरी गंगाप्रसाद प्रधानको जन्मजयन्ती अनि पास्टर्स डे कार्यक्रमको प्रमुख अथितिको उपहार तथा मायाको चिनो जोइण्ट फोरमका अध्यक्षको बाहुलीबाट प्रदान गरियो तथा फोरमका प्रवक्ता पास्टर लोक विजय सुब्बाद्वारा खादा लगाएर सम्मान जनाइयो। त्यसरीनै पादरी गंगाप्रसाद प्रधानको नाममा प्रत्येक वर्ष 4 जुलाई क्षेत्रीय सरकारद्वारा एक दिन विदा गरिदिने मांग गरियो। अर्कोतिर जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गानाइजेशनलाई प्रमुख कार्यपालद्वारा दिइएका आश्वासनहरूलाई आधिकारिक रूपमा कार्यान्वयन गरिदिने आग्रह पनि गरियो। मुख्य कार्यपाल अनित थापाले गत 4 जुलाईको कार्यक्रममा चाहेर पनि आउन नसकेको बताउँदै क्षमा याचना गरे औ कार्यक्रम खुबै सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै बधाई दिए। तिनले एसोसिएशनको पक्षबाट माया र श्रद्धा गर्दै यसरी मायाको चिनो अनि उपहार प्रदान गरिएकोमा आभार प्रकट गरे। थापाले पादरी गंगाप्रसाद प्रधानको जन्मजयन्ती अवसरमा दिइने विदाबारे आगामी समयमा चाँडै विचार विमर्श गरिने बताए। तिनले अल्पसङ्ख्यकहरूको माझमा रहेर उनीहरूका विभिन्न समस्याहरूलाई लिएर धेरै कार्य गर्नुपर्छ भन्दै यसको निम्ति आगामी समयमा चाँडै जोइण्ट फोरमसँग एउटा बैठक गरिने पनि जानकारी दिए भनी विजय राईले जानकारी दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान