चम्नी देवराली क्षेत्रमा सोलर लाइट लगाउने कार्य आरम्भ

Share this news

खरसाङ, (निसं)ः जीटीएको 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टि अन्तर्गत चिम्नी देवराली ग्राम पञ्चायत क्षेत्रमा सोलर लाइट लगाउने कार्य आरम्भ भएको छ। शुक्रवार समष्टि सभासद्‌‍ श्याम शेर्पाको बाहुलीबाट धुप-धुवाँर गरेर पूजा-पाठ गरी यस कार्यको आरम्भ गरिएको हो। शुक्रवार पञ्चायत क्षेत्रको एनएसकेदेखि देवरालीसम्म सोलर लाइट लगाउने कार्य भयो। उद्घाटनको कार्यक्रममा खरसाङ पञ्चायत समिति सदस्य दिनेश तामाङ, जीटीए उर्जा विभागका कार्यकारी अभियन्ता सुरज थापा, एसएई पवन राई, बड़ा बाबु करण तामाङ, ग्राम पञ्चायत सदस्यहरू दिपेश थापा, अनि गाउँवासीको उपस्थिति रहेको थियो। सभासद्‌‍ श्याम शेर्पाले यस पञ्चायत क्षेत्रमा सोलर लाइट जड़ानको बारेमा बताउदै भने, चिम्नी देवराली ग्राम पञ्चायत क्षेत्रमा सोलर लाइट जड़ानको निम्ति पहल गरिदिएकोमा जीटीएका मुख्य कार्यपाल अनित थापालाई धन्यवाद दिन चहान्छु। जीटीए प्रमुख कार्यपालले के नगरपालिका के पञ्चायत क्षेत्र केही छुट्याउदैनन्‌‍। तिनले सबै क्षेत्रको विकासको निम्ति कार्य गरिरहेका छन्‌‍। जीटीएको गाउँ-बस्ती, कुना-काप्चामा रातिको समयमा उज्यालो बनाउनको निम्ति जीटीएद्वारा सोलर लाइटको कार्य भइरहेको छ। अज एनएसकेदेखि देवरालीसम्म विभिन्न ठाउँमा सोलर लाइट लगाउने कार्य भएको छ, आगामी दिनमा यस पञ्चायत क्षेत्रको अन्य स्थानहरूमा सोलर लाइट जड़ान गरिनेछ। तिनले सोलर लाइट जड़ान गरिएकोमा गाउँवासीलाई बधाई दिँदै गाउँवासीको सुविधाको निम्ति लगाइएको यी सोलर लाइटहरूको सुरक्षा गर्ने दायित्व पनि गाउँका मानिसहरूको हो भने।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान